२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

जापान पुग्न नगरपालिका कर्मचारीको गज्जब हर्कत बाहिरियो, सत्य खुल्दा होस उड्यो

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापानमा आयोजना हुन लागेको एसिया स्मार्ट सिटी सम्मेलन २०२५ मा भाग लिन अनधिकृत कागजात बनाएको कर्मचारी सन्जु पौडेललाई बर्खास्त गरेको छ।

नगरपालिकाले हालै मात्र कम्प्युटर अपरेटरमा नियुक्त पौडेललाई बुधबार बसेको नगर प्रमुखस्तरीय बैठकबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

नगरपालिकाको प्रतिनिधित्वमा सम्मेलनमा सहभागी हुने सिफारिसमा पौडेलसहित स्वास्थ्य शाखाका केशव भट्टराई र योजना शाखाकी सीता भण्डारी भुसाल पनि समावेश थिए। तर पौडेलको सिफारिस र कागजातमा अनधिकृत कार्य भएको विषयमा प्रश्न उठेपछि आन्तरिक छानबिन गरिएको थियो।

नगरप्रमुख रामकृष्ण खाँणका अनुसार, छानबिनमा पौडेलले कार्यालयको स्वीकृति र समन्वयविना कागजात प्रयोग गरेको पुष्टि भएपछि उनलाई २६ कात्तिकको निर्णयअनुसार बर्खास्त गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालका अनुसार, सम्मेलनमा सहभागी तीनै कर्मचारीको भ्रमण रद्द गरिएको र आयोजक संस्थाबाट रद्द भएको सूचना २४ कात्तिकमा प्राप्त भएको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस