२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

देशभर हलचल : घरभित्र खाडल खनेपछि भेटियो चकित पार्ने रहस्य, ससुरालीमाथि कडा शंका

काठमाडौं । रौतहटको वृन्दावन–९, भुसाहामा एक २५ वर्षीया महिलाको शव घरकै भुस राख्ने ठाउँमा खाडल खनेर गाडिएको अवस्थामा फेला परेको छ। शेख आदिलकी श्रीमती तरीमा खातुनलाई सोमबार राति हत्या गरेर पुरिएको अवस्थामा प्रहरीले मङ्गलबार बिहान फेला पारेको हो।

इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थल पुगेपछि खातुनको शव खाडलभित्र गाडिएको अवस्थामा भेटियो। उनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अनुमान प्रहरीले गरेको छ। घटनास्थलबाट एक चक्कु पनि बरामद गरिएको छ।

प्रहरीका अनुसार खातुनका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्। घटनापछि ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य खातुनकी डेढ वर्षीया छोरी मोहम्मद आरिफलाई लिएर फरार रहेका छन्।

खातुनको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। परिवारका फरार सदस्यको खोजी तीव्र पारिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस