२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

कुलमान र बालेनबिच गोप्य भेट : यी हुन् चर्चाका विषय, भयो गम्भीर खुलासा

काठमाडौँ। उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेट गरेका छन्। राजनीति प्रवेशपछि थप सक्रिय बनेका घिसिङले आइतबार सामाजिक सञ्जालमा दुवैको तस्बिर सार्वजनिक गर्दै देश विकासका मुद्दामा सहकार्य गर्ने संकेत दिएका छन्।

तस्विरसँगै उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामी सँगै छौँ।’

घिसिङ–बालेन भेटलाई राजनीतिक रूपमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस