२०८३ असार २७ गते शनिवार | 2026 July 11th Saturday

देशले पायो सर्वोत्कृष्ट प्रहरी, पुरस्कारसहित सम्मानित को हुन्?

काठमाडौं। जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी सहायक निरीक्षक रागनीकुमारी यादवलाई देशभरकै सर्वोत्कृष्ट प्रहरीको रूपमा प्रथम स्थानमा चयन गरिएको छ।

नेपाल प्रहरीको प्रधान कार्यालयले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरीमध्ये उनको उत्कृष्ट कार्यसम्पादनको आधारमा यो सम्मान दिएको हो।

आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रागनीकुमारीलाई नगद ४० हजार रुपैयाँ र प्रशंसा–पत्र प्रदान गर्दै उत्कृष्टताको लागि सम्मान गरेका छन्।

यसै अवसरमा दोस्रो स्थान प्रहरी हवल्दार शान्ता खत्री (कपिलवस्तु) र तेस्रो स्थान उमा तामाङ (सिन्धुली) ले प्राप्त गरिन्। नायब निरीक्षक पूर्णिमा थापा र सहायक निरीक्षक साजना प्रसाईंलाई सान्त्वना पुरस्कारसहित सम्मान गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस