२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

एमालेमा हलचल : केपी ओलीलाई यी ६ नेताले छोडे (नामसहित)

काठमाडौँ। नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र टिममा भित्रै भित्र विद्रोह सुरु भएको छ। महासचिव पदका दाबेदार प्रदीप ज्ञवाली असन्तुष्ट भई भृकुटीमण्डप छाडेका छन्।

पूर्व शिक्षा मन्त्री रघुजी पन्तले ओली समूह छोडेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। ओली निकट नेता कृष्णगोपाल श्रेष्ठ पनि पोखरेल समूहबाट सचिवमा उठेका छन्। झापाका अग्नि खरेलले स्वतन्त्र रूपमा सचिव पदमा उम्मेदवारी दिएका छन्।

त्यसैगरी, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र लालबाबु पण्डितले पनि ओली प्यानल छोडेर उपमहासचिव र सचिव पदमा उम्मेदवारी दिएका छन्। यसअनुसार कुल ६ नेताले केपी ओलीको समूह छोडेका छन्, जसले ओली र ईश्वर पोखरेलबीच निर्णायक भिडन्त तय भइसकेको देखाउँछ।

यी ६ नेताले केपी ओलीको समूह छोडे

  • प्रदीप ज्ञवाली – महासचिव पदमा असन्तुष्ट, भृकुटीमण्डप छाडेका।

  • रघुजी पन्त – ओली समूह छोडेर पोखरेल प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका।

  • कृष्णगोपाल श्रेष्ठ – आफूलाई अपमानित महसुस गर्दै पोखरेल समूहबाट सचिवमा उठेका।

  • अग्नि खरेल – स्वतन्त्र रूपमा सचिवमा उम्मेदवारी दिएका।

  • राजेन्द्र गौतम – ओली प्यानल छोडेर उपमहासचिवमा उम्मेदवारी दिएका।

  • लालबाबु पण्डित – ओली प्यानल छोडेर सचिवमा उम्मेदवारी दिएका।

प्रकाशित मिति : २०८२ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस