२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

सहिद गेटका शालिकका स्रष्टा रहेनन्! मूर्तिकार तुलाधरको निधन

काठमाडौं । नेपाली मूर्तिकलाका प्रख्यात कलाकार बालकृष्ण तुलाधरको ९२ वर्षको उमेरमा बुधबार निधन भएको छ। उहाँको निधन भएको जानकारी परिवारका सदस्य महेश तुलाधरले दिएका हुन्।

सहिद गेटमा रहेको तत्कालीन राजा त्रिभुवन तथा सहिद गंगालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीका शालिक तुलाधरकै कृति हुन्। त्यसैगरी टुँडिखेलस्थित सैनिक मञ्चको शाही मञ्चमा रहेका छ जना सिपाहीका शालिक पनि उहाँले निर्माण गर्नुभएको थियो।

नेपाली मूर्तिकलामा महत्वपूर्ण योगदान दिएका तुलाधर राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म चिनिएका कलाकार थिए। उहाँका कृतिहरूले नेपाली इतिहास र शहादतलाई अमर बनाउँदै आएका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस