२०८२ मङ्सिर २५ गते बुधवार | 2025 December 10th Wednesday

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ सय रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदी बुघबार बढेर ३ हजार ७५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुघबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १६ हजार १३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार २१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस