२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

जब चलिरहेको कारसँग विमान ठोक्कियो (भिडियो भाइरल)

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा व्यस्त राजमार्गमै एउटा सानो विमानले आपतकालीन अवतरण गरेको छ। मेरिट आइल्याण्ड नजिकको आई–९५ हाइवेमा स्थानीय समय अनुसार सोमबार साँझ करिब ५:४५ बजे विमान अवतरण गर्दा एउटा कारसँग ठोक्किएको अधिकारीहरूले जनाएका छन्।

बीचक्राफ्ट ५५ मोडलको उक्त विमानमा २७ वर्षीय पाइलट र उनका एक साथी सवार थिए। इन्जिनमा समस्या देखिएपछि हाइवेमै आपतकालीन अवतरण गराइएको बताइएको छ। दुर्घटनामा कार चालक घाइते भएका छन् भने विमानमा सवार दुवै व्यक्ति सकुशल रहेका छन्।

घटनापछि केही समयका लागि आई–९५ हाइवे बन्द गरिएको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस