२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस प्रभावका कारण हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली छाएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाले आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ । त्यसैगरी, आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस