२०८३ जेष्ठ १३ गते बुधवार | 2026 May 27th Wednesday

अचानक बनेपा बजार तनावग्रस्त, एकैछिनमा बन्यो रणभूमी

काभ्रे । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि बनेपा बजार तनावग्रस्त बनेको छ । एकैछिनमा रणभूमी नै बन्यो । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएर प्रदर्शन गरेपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भयो । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको थियो । दुर्घटनामा एक जना घाइते छन् ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस