ह्वात्तै बढ्यो अण्डाको मूल्य

चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य ह्वात्तै बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ । यसअघि १५ रुपैयाँ थियो ।