काठमाडौं । रास्वपा संस्थापकले नै पार्टी छोडेपछि रवि लामिछाने र बालेन शाहलाई ठूलो झट्का लागेको छ । रास्वपा परित्याग गरेकी मधेशकी संस्थापक सभापति ममता शर्माले गगन थापामाथी भरोसा रहेको भन्दै नेपाली कांग्रेस प्रवेशको तयारीमा छिन् ।
उनी निकट स्रोतका अनुसार आज जनकपुरधाममा कांग्रेस सभापति गगन थापासमेतको उपस्थितिमा आयोजना हुने प्रतीज्ञा सभामार्फत उनी औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।
मधेशमा टिकट वितरणमा आर्थिक चलखेल र विधि मिचिएको गुनासो गर्दै ममताले आज साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेकी थिइन् । पार्टी प्रवक्ता मनिष झा र अमरेश सिंहको मिलेमतोमा सभापति रवि लामिछानेले आर्थिक प्रभावमा परेर टिकट बाँडेको भन्दै मधेशका रास्वपा नेता(कार्यकर्तामा असन्तुष्टि बढेको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार

