२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

प्रतिनिधि सभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान

प्रकाश काफ्ले/काठमाडौं। निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्। उनले केही स्थानहरूमा अझै मतदान प्रक्रिया जारी रहेको पनि बताएका छन्। निर्धारित मतदान समय साँझ ५ बजेसम्म भए पनि सो समयअघि नै मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताहरूलाई मतदान गर्न अनुमति दिइने जनाइएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस