२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सर्लाही–४ मा मतदान केन्द्रमा अवरोध, मतदान पुनः सुरु

प्रकाश काफ्ले/काठमाडौं ।प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ को एउटा मतदान केन्द्रमा  अवरोध आएपछि मतदान केही समय रोकिएको थियो। जनता माध्यमिक विद्यालय बसबरिया (बसबरिया–३) स्थित उक्त केन्द्रमा मतदाताबीच लाइन व्यवस्थापनका कारण सामान्य धकेलाधकेल भएको बताइएको छ। घटनापछि सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा ल्याए। केहीबेर मतदान रोकिए पनि व्यवस्थापनपछि मतदान पुनः सुरु गरिएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

स्थानीय प्रशासन र सुरक्षा निकायहरूले मतदान केन्द्रमा कडा निगरानी राखेका छन् र मतदाताहरूलाई संयमित भएर मतदान गर्न अनुरोध गरेका छन्

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस