२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

रुकुमपूर्वमा प्रचण्डको सन्देश – “देश संकटमा छ, निकासका लागि म फेरि मैदानमा”

प्रकाश काफ्ले /काठमाडौं:चितवनमा मतदान गरेपछि नेकपाका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन्। बिहीबार बिहान करिब १०:४० बजे अवतरण गरेका उनले विभिन्न मतदान केन्द्रको अनुगमन गरेका हुन्।सिस्ने गाउँपालिका–५ स्थित रुक्मेणी माध्यमिक विद्यालयमा रहेका तीन मतदान केन्द्रको निरीक्षण गर्दै उनले मतदातासँग प्रत्यक्ष संवाद गरे। त्यस क्रममा प्रचण्डले देश पुनः राजनीतिक तथा नीतिगत संकटमा परेको दाबी गर्दै यसपटक आफू समाधानको अभियान लिएर आएको बताएका छन्। उनले रुकुमले राष्ट्रिय राजनीतिमा स्पष्ट सन्देश दिने विश्वास व्यक्त गरे।यस निर्वाचनमा रुकुमपूर्वमा ११ दल प्रतिस्पर्धामा छन्। तर, प्रचण्डको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप चासोपूर्ण बनेको छ। उनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

चितवनमा मतदान सकेर सिधै आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका उनले दिनभर मतदातासँग भेटघाट र छलफल जारी राख्ने बताएका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस