२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

एमाले महासचिव पोखरेल: जनताले दिएका मतको सम्मान गर्दछौं

प्रकाश काफ्ले/काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीले जनताले दिएको मत परिणामलाई पूर्ण सम्मान गर्ने बताएका छन्। आज ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयबाट प्रदेश तथा जिल्ला अध्यक्षसँग ‘भर्चुअल’ बैठकमा उनले आममतदाताले एमालेसँग आफ्नो सम्बन्ध अझै कायम राखेको बताए।

पोखरेलले एमालेविरुद्ध नयाँ र पुरानो अनुहारको नारासहित प्रचार गरेर जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको उल्लेख गर्दै, यस किसिमको प्रचारले छोटो अवधिमा लोकप्रियता त ल्याउन सक्छ, तर दीर्घकालीन परिणाममा असर नपर्न सक्ने चेतावनी दिए।

प्रकाशित मिति : २०८२ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस