२०८३ भाद्र २० गते शनिवार | 2026 September 5th Saturday

सी जिनपिङको पुस्तक जलाएपछि कूटनीतिक हलचल, चीन–नेपाल सम्बन्धमा चासो बढ्यो

प्रकाश काफ्ले/काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ को कृति द गभर्नेन्स अफ चाइना(The governance of china) जलाइएको घटनाले कूटनीतिक तहमा चासो पैदा गरेको छ। उक्त घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाल सरकारको परराष्ट्र मन्त्रालयसँग औपचारिक रूपमा ध्यानाकर्षण गराउँदै दोषीमाथि आवश्यक कदम चाल्न आग्रह गरेको हो।

मोरङको बुढीगंगा गाउँपालिकाको हात्तीमुडामा शनिबार राति मनमोहन विश्वविद्यालयसँग सम्बन्धित केही सरसफाइ कर्मचारीहरूले उक्त पुस्तकका प्रतिहरू जलाएको बताइएको छ। भिडियो सार्वजनिक भएसँगै चीन पक्षले यसलाई गम्भीर रूपमा लिएको देखिन्छ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस