प्रकाश काफ्ले/काठमाडौं। बालेन शाहले पूर्व प्रधानमन्त्री के. पी. शर्मा ओलीका पिता मोहन प्रसाद ओली को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ओली परिवारप्रति समवेदना प्रकट गर्दै पिताको स्थान जीवनमा अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरेका छन्। उनले पितालाई जीवनको रक्षक, मार्गदर्शक र प्रेरणाको स्रोतका रूपमा वर्णन गर्दै एउटै व्यक्तिले जीवनमा अनेक भूमिका निर्वाह गर्ने बताए। साथै केही समयअघि आफूले पनि पिता गुमाएको अनुभव स्मरण गर्दै पिताको अभावले जीवनमा ठूलो खालीपन र अपूरणीय क्षति ल्याउने उल्लेख गरेका छन्। शाहले पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको थियो।


