अधिवक्ता लवन न्यौपाने ले बस्नेतले दिएको सार्वजनिक अभिव्यक्तिले न्यायालयको प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै रिट दायर गरेका हुन्। बस्नेतले ११ माघमा प्रेस चौतारी नेपाल ले आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा न्यायाधीशहरूबारे विवादास्पद टिप्पणी गरेका थिए।

रिट निवेदन अनुसार कार्यक्रममा बोल्दै बस्नेतले प्रधानन्यायाधीशसहित न्यायाधीशहरू विभिन्न कारणले काममा सक्रिय नदेखिने, न्यायिक प्रक्रिया ढिला हुने, दबाब वा प्रलोभनमा पर्ने जस्ता आरोप लगाएका थिए। उनले न्यायालयका पदाधिकारीहरू फोन अफ गरेर पन्छिने गरेको टिप्पणी पनि गरेका थिए।

यस्तै, बस्नेतले नेपाल वैदेशिक प्रभावको सामना गरिरहेको र देशको न्याय प्रणाली नै कमजोर बन्दै गएको अभिव्यक्ति दिएको भन्दै रिटमा उल्लेख गरिएको छ। रिट निवेदक न्यौपानेले बस्नेतमाथि अदालतको अवहेलनामा कानुनी कारबाही गर्दै आवश्यक सजाय दिलाई न्यायपालिकाको मर्यादा र स्वतन्त्रता कायम गरिनुपर्ने माग गरेका छन्।