२०८३ जेष्ठ ९ गते शनिवार | 2026 May 23rd Saturday

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ५ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर ५ हजार १५० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस