२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

महावीर पुनद्वारा पोखरामा आत्मकथा विक्री: “मेयर साब, के गरेर बस्ने त?” भन्दै पोखे असन्तुष्टि

प्रकाश काफ्ले/काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले पोखरामा आफ्नो आत्मकथा बेच्न सुरु गरेका छन्। म्याग्दीका सबै पालिकाहरूमा विकास र बजेटसम्बन्धी पहिलो चरणको छलफल सकेर फर्किएका पुनले हाल पोखराको नदीपुरस्थित बालमन्दिर नजिकै पुस्तक विक्री गरिरहेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले शपथ ग्रहणको अझै टुङ्गो नलागेकाले आफू पुस्तक विक्रीमा लागेको बताएका छन्। उनले लेखेका छन्, “शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु।”

आफू खाली बस्न नसक्ने स्वभावको भएको संकेत गर्दै उनले स्थानीय जनप्रतिनिधिप्रति व्यङ्ग्य समेत गरेका छन्। उनले अगाडि लेखेका छन्, “चुनाव सकिएपछि म्याग्दीको ६ वटा पालिकामा गएर जनप्रतिनिधि र गाउँलेहरूसँग विकास र बजेट सम्बन्धी पहिलो चरणको छलफल सकियो। अनि के गरेर बस्ने त नि मेयर साहब? गाह्रो पिरो नमार्नु होला।”

आविष्कार केन्द्रको अभियानलाई सहयोग पुर्‍याउन उनले देशभर आफ्नो आत्मकथा आफैँ पुगेर विक्री गर्दै आएका छन्। पोखरामा उनको यो सक्रियतालाई धेरैले चासोका साथ हेरेका छन्।

 

 

प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस