२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

प्रधानमन्त्रीद्वारा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) नेताहरूलाई धन्यवाद

प्रकाश काफ्ले / काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र सफल रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक भेटघाटका क्रममा उहाँले मुलुकको लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन राजनीतिक दलहरूको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। चुनौतीपूर्ण परिस्थितिमा पनि संयमता अपनाउँदै निर्वाचनको वातावरण निर्माण गर्न सहयोग गरेकोमा नेताहरूको प्रशंसा गर्दै प्रधानमन्त्रीले आगामी दिनमा पनि राष्ट्रिय हितका मुद्दामा एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो।

 

 

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस