प्रकाश काफ्ले/काठमाडौं । चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुडा)ले काठमाडौँ–३ को निर्वाचन परिणामलाई संकेत गर्दै सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्।

उनले छोटो वाक्यमा लेखेका छन्—

“बत्ती जाँदा सम्झिने, चुनाव आउँदा बिर्सिने — चार अक्षर के हो?”

यो टिप्पणीलाई धेरैले हालै सम्पन्न निर्वाचनसँग जोडेर हेरेका छन्। उक्त क्षेत्रमा कुलमान घिसिङ ले नेतृत्व गरेको उज्यालो नेपाल पार्टीको प्यानल पराजित भएको थियो। घिसिङलाई नेपालमा लामो समयसम्म रहेको लोडसेडिङ अन्त्य गराउन महत्वपूर्ण भूमिका खेलेका व्यक्तिका रूपमा चिनिन्छ।

निर्वाचन परिणामअनुसार काठमाडौँ–३ मा राजु नाथ पौडेल को प्यानल विजयी भएको थियो। उनी १८,७५६ मत प्राप्त गर्दै अग्रस्थानमा रहे भने घिसिङले ११,१७१ मत पाएका थिए।

घिसिङलाई विशेष गरी नेपालमा १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य गराएको नेतृत्वका रूपमा धेरैले स्मरण गर्ने गर्छन्। त्यसै सन्दर्भलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गर्दै घिमिरेले “बत्ती जाँदा सम्झिने, चुनाव आउँदा बिर्सिने” भन्ने अभिव्यक्ति प्रयोग गरेको सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।

Screenshot