काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार

