प्रकाश काफ्ले/काठमाडौं । नेपाल र युएईबीच घरेलु मैदानमा टी–२० अन्तर्राष्ट्रिय  क्रिकेट सिरिज आयोजना हुने भएको छ। विश्वकप लिग–२ सुरु हुनुअघि तयारीस्वरूप नेपालले युएईसँग दुई खेलको टी–२० सिरिज खेल्ने तय भएको हो। यी दुवै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आयोजना गरिनेछन्।

बैशाख १२ गतेदेखि सुरु हुने लिग–२ अघि, बैशाख ७ र ८ गते नेपाल र युएईबीच टी–२० खेल हुने कार्यक्रम छ। यसपछि नेपालले लिग–२ अन्तर्गत लगातार दुई एकदिवसीय (ODI) सिरिज घरेलु मैदानमै खेल्नेछ। पहिलो चरणमा नेपालले युएई र ओमानसँग प्रतिस्पर्धा गर्नेछ भने त्यसपछि स्कटल्याण्ड र अमेरिकासँग खेल्ने तालिका रहेको छ।