२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

ओलीको अडान : निश्किहाल नभन्नू पार्टीलाई पुरानै अवस्थामा ल्याउँछु, धकेल्न खोजे बहुमत शो गर्छु

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा आफू नेतृत्व छाड्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्। शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित धेरै पदाधिकारीले पुनर्गठनको माग गरे पनि ओलीले भने, “तपाईंहरूले सम्झाउनुपर्दैन, म नेतृत्व छाड्दिनँ। पार्टीलाई फेरि पुरानै अवस्थामा ल्याउँछु।”

१९ सदस्यीय पदाधिकारीमध्ये अहिलेसम्म बोलेका १४ जनामध्ये १२ जना नेतृत्व परिवर्तनको पक्षमा खुलेका छन्। ओलीको बचाउमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत मात्र उभिएका छन्। बैठक आज आइतबार पनि निरन्तर हुनेछ । सचिवालय सबैले निश्किहाल भनेपनि म केन्द्रीय कमिटीमा गएर आफ्नो पक्षमा बहुमत शो गर्छु निस्किन्न ओलीले भनेका छन् ।

 

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते आइतवार
प्रतिक्रिया दिनुहोस