काठमाडौं । केपी ओलीले भर्खरै अत्यन्तै ठूलो निर्णय लिए । जुन अचम्मित हुने खालकोपनि छ । तत्कालीन प्रधानमन्त्री हुँदा ओलीसहित भिआइपी उपचारका नाममा राज्यकोषबाट खर्च भएको ३ करोड ६७ लाख रुपैयाँ पार्टीको खाताबाट राष्ट्र बैंकमा फिर्ता गरे । निर्णय लज्जास्पद छ । बर्षौपछि कानून विपरित लिएको राज्यको रकम फिर्ता गरेर सजाय हुनबाट बच्न खोजे ।
जनस्वास्थ्य ऐन विपरीत विदेश उपचारका लागि निकासा भएको रकम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि एमालेले आफ्नै खाताबाट रकम फिर्ता गरेको हो। ओलीको उपचारमा २ करोड ३९ लाख, पूर्वराष्ट्रपति रामवरण यादवको उपचारमा ७० लाख र पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा ८१ लाख रुपैयाँ निकासा भएको थियो। पार्टीको कोषबाट रकम फिर्ता गरिएकोप्रति एमालेभित्र असन्तुष्टि बढेको छ। सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्टले नेतृत्वसँग जवाफ मागेका छन्।

