२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पुराना दलमा भएकै रोग बालेन सचिवालयमा, योग्य फालेर बेनकी बहिनीलाई नियुक्ति

काठमाडौं । ‘जान्नेलाई छान्ने’ नारावाला रास्वपा नेतृत्वको सरकारले पछिल्लो समय विभिन्न कोष र समितिमा आफ्ना निकटस्थलाई मनोनयन गरेको भन्दै आलोचना बढेको छ। विगतका दलहरु सत्तामा पुगेपछि आफ्ना भन्दा योग्य अरुलाई नदेख्दा नै आजको परिस्थिती आएको हो । डाडु पुन्यू जसको हातमा छ उसैले आफूलाई नै मात्र भाग लगाउनु न्याय हैन भन्ने नेपाली चेत छ ।

तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पशुपति, बौद्धनाथ, पाटन, हनुमानढोकाजस्ता महत्वपूर्ण क्षेत्र विकास कोष र समितिहरूमा २४ जना पदाधिकारी नियुक्त गरिएको छ। सबैभन्दा चाखलाग्दो नियुक्ति प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनकी बहिनी सिद्धिलक्ष्मी व्यञ्जनकारलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यमा गरिएको हो। समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई र अन्य सदस्यमा माधवप्रसाद लामिछाने, सूर्यप्रसाद ढुंगेल, नेत्रप्रसाद अधिकारी रहेका छन्। उनीहरुलेपनि पूर्वतः नेताहरुले दिने जस्तै बहिनी योग्य थिइन् त हुन्छ त भन्ने जवाफ दिन थालेका छन् । नेपाली राजनीतिको खास क्यान्सयुक्त रोग नै यही हो । आफू सत्तामा पुगेपछि आफ्ना मात्र योग्य लाग्ने ।

रास्वपाले चुनावअघि योग्यता र क्षमतामा आधारित नियुक्ति गर्ने वाचा गरेको थियो। तर सत्तामा आएपछि आफन्त र निकटस्थलाई प्राथमिकता दिएको भन्दै ‘सत्ता स्वार्थ’ र ‘आफन्तवाद’को आरोप लागेको छ। सरकारको यस कदमले सुशासनको नारामा गम्भीर प्रश्न उठेको छ। सरोकारवालाहरूले योग्यता र अनुभवको आधारमा खुला प्रतिस्पर्धा किन नगरिएको भन्ने प्रश्न उठाएका छन्।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस