२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

बालेन आएपछि कमाल गरे, तीन महिनामै जोगियो पेट्रोलबाट १० अर्ब विदेशी मुद्रा

काठमाडौं । सरकारले हप्तामा शनिबार–आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्नुका साथै करिब ७ सय सरकारी सवारी साधन फिर्ता गरेपछि इन्धन खपतमा ठूलो गिरावट आएको छ। चैत, वैशाख र जेठ महिनामा पेट्रोल र डिजेल आयात कुल ६ करोड ९० लाख लिटरले घट्दा बजार मूल्य अनुसार करिब १४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार बचत भएको छ। कर र आन्तरिक खर्च घटाएर वास्तविक विदेशी मुद्रा बचत करिब १० अर्ब रुपैयाँ बराबर भएको छ।

नेपाल आयल निगमका अनुसार पेट्रोल आयात २ करोड ६२ लाख लिटर र डिजेल आयात ४ करोड २७ लाख लिटरले घटेको छ। वैशाख महिनामा मात्र ९ अर्ब ६० करोड रुपैयाँ बराबरको इन्धन कारोबार बचत भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहको सवारी फिर्ता अभियान र दुई दिने बिदाको संयुक्त प्रभावले इन्धन खपत घटाउन र विदेशी मुद्रा जोगाउन ठूलो भूमिका खेलेको प्रवक्ता हेमराज अर्यालले बताए। यो कदमले अर्थतन्त्र दबाबमा रहेका बेला सानो देखिने नीतिगत निर्णयले पनि ठूलो वित्तीय राहत दिन सक्ने उदाहरण प्रस्तुत गरेको छ।

 

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस