२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

बालेन नेतृत्वको सरकार दसैँ अघि जसरी आएको थियो त्यो भन्दा दुखद रुपमा ढल्छ -दुर्गा प्रसाईँ

काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले वालेन्द्र शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दाबी गरेका छन्। झापाबाट काठमाडौं आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएर घरमा छाडेपछि उनले घरमै पत्रकार सम्मेलन गर्दै सरकार ढिलोचाँडो पतन हुने चेतावनी दिए। प्रसाईँले सरकार ‘जुन बाटो आएको हो त्यही बाटो जाने’ भन्दै बमबारुद र आगोको लप्काजस्तै पतन हुने टिप्पणी गरे। उनले आफूलाई भँडुवा भन्दै धरपकड गर्ने प्रयास सफल नहुने बताए।

उनले वालेन सरकार अल्गोरिदम कब्जा गरेर फाँसिवाद ल्याउन खोजेको आरोप लगाउँदै नागरिकलाई बोल्नै नहुने अवस्था सिर्जना भएको दाबी गरे। गणेश विकको आत्मदाहलाई सरकारको लुटतन्त्रसँग जोड्दै ‘यो व्यवस्था नागरिकलाई पेट्रोल खन्याएर मर्ने बनाउने’ आरोप लगाए। प्रसाईँले आफूहरूको अभियान अल्गोरिदमको पक्षमा आउने र सार्थकता पाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस