२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

मिडिया अवरुद्ध हुनेगरी गेटमा राखिएको गाडी रास्वपा नेतासँग जोडियो

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सको गेटमा सोमबार शंकास्पद रूपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ। गाडी भर्खरै ज्योति कन्सर्नमार्फत बुकिङ भए पनि नामसारी अझै नभएको भेटिएको हो। जयसवाल रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवारका छोरा हुन्। मेयरले करिब एक महिनाअघि गाडी खरिद भएको र छोरा रवि वा चालकले चलाउने गरेको पुष्टि गरेका छन्।

रवि केही समयअघि मात्र रास्वपामा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका थिए। उनलाई गत जेठ ८ गते तत्कालीन महामन्त्री भूपदेव शाहले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा सदस्य मनोनीत गरेका थिए। सोमबार बिहान कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको गेट अगाडि शंकास्पद गाडी राखिएको थियो। प्रहरीले क्रेनमार्फत गाडी उठाएर नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

 

प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस