२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

नेपालका राणाद्वयले ससुरालीबाट एक खर्बभन्दा बढीको सम्पत्ति पाउने

काठमाडौं । भारतको ग्वालियरस्थित सिन्धिया राजघरानाको करिब ६ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति विवाद अन्ततः टुङ्गिएको छ। ग्वालियर अतिरिक्त जिल्ला अदालतमा पेस गरिएको ३५ पृष्ठ लामो सम्झौताअनुसार ‘जो जहाँ छ, त्यहीँको मालिक’ भन्ने सूत्रमा सहमति भएको हो।

यस सहमतिसँगै राप्रपा नेता पशुपति शमशेर जबरा र राजावादी नेता डा. धवल शमशेर जबराका परिवारको हिस्सामा झन्डै १ खर्बभन्दा बढी नेपाली रुपैयाँ बराबरको सम्पत्ति पर्ने दाबी गरिएको छ। सम्पत्ति बाँडफाँटमा ग्वालियरको भव्य जय विलास प्यालेस, दिल्लीको सफदरजंग रोडका कोठीहरू, मुम्बईका फ्ल्याटहरू, पुणेदेखि उज्जैनसम्मका अचल सम्पत्ति र अन्य व्यावसायिक भवनहरू पाँचै पक्षबीच बाँडिएका छन्।

नेपालसँग सम्बन्धित पक्षमा राजमाता विजयाराजे सिन्धियाकी छोरी उषा राजे (पशुपति शमशेरकी पत्नी) र स्वर्गीय पद्मा राजेकी छोरी प्रतिमा (धवल शमशेरकी पत्नी)ले आ–आफ्नो हिस्साको सम्पत्ति प्राप्त गर्नेछन्। यसले नेपालका यी दुई राणा परिवारको आर्थिक हैसियतमा ठूलो बढोत्तरी हुने देखिएको छ। यसैपनि उनीहरु धनमाथी धन भएकै व्यक्ति हुन् । उनीहरुले सिन्धिया राजघरानाकी राजमाता विजयाराजेका नातिनी बिहे गरेका थिए । नातिनीहरुलेपनि अंश पाउने भएका हुन् ।

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस