काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ७ लाख ९२ हजार १ सय ८७ पुगेको छ। यसमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा ८ लाख ३९ हजार २ सय ६६ जना विदेशिएका थिए, जसको तुलनामा गत वर्ष ४७ हजार ७९ ले कमी भएको विभागको तथ्यांकले देखाएको छ।
म्यानपावरमार्फत जानेको संख्या घट्दै २ लाख ६८ हजार ९९० मा सीमित रह्यो, अघिल्लो वर्षभन्दा ९० हजार बढी कम। व्यक्तिगत श्रम स्वीकृति लिने १ लाख २८ हजार ५२० र जी–टु–जीमार्फत ८ हजार १९७ जना विदेशिएका छन्। वैदेशिक रोजगारीमा जानेहरूमा सबैभन्दा बढी यूएईमा १ लाख ८३ हजार ५८० जना पुगे। त्यसपछि मलेसियामा १ लाख २८ हजार ७५३, कतारमा १ लाख २१ हजार २३०, साउदी अरबमा १ लाख २३ हजार ७१९ जना पुगे। त्यसैगरी कुवेतमा ४३ हजार ३६०, रोमानियामा ३३ हजार ३६०, र जापानमा २२ हजार २६६ जना पुगेका छन्।

