२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

एक रुपैयाँको सिक्काबाट नक्सा हटाउनु गम्भीर राष्ट्रघात : भीम रावल

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष डा. भीम रावलले सरकारले एक रुपैयाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने निर्णयलाई गम्भीर राष्ट्रघात भनेका छन्। सरकारले गत ३२ असारमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा हटाएर गुम्बाको चित्र राख्ने निर्णय गरेको थियो।

रावलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछिको अर्को गम्भीर राष्ट्रघाती निर्णय ठहरिनेछ।” उनले यसबारे रास्वपा र नेपाल सरकारले जनतालाई तत्काल यथार्थ जानकारी दिनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस