काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा सभापति लामिछानेले समसामयिक राजनीतिक अवस्था, पछिल्लो राजनीतिक घटनाक्रम तथा सुनसरी घटनाका विषयमा छलफल गर्न राष्ट्रपतिले बोलाउनुभएको सर्वदलीय बैठकबारे जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ ।
प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार

