काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विगतका प्रहार र कुप्रचारलाई सामना गर्दै फेरि उठ्ने दाबी गरेका छन्।
ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेले नेपाली समाजको जागरण र रूपान्तरणमा असाधारण भूमिका निर्वाह गरेको बताए।
ओलीले राजनीतिक आन्दोलनलाई नदीको बहावसँग तुलना गर्दै परिवर्तनको यात्रा सधैँ सोझो मार्गबाट मात्र अघि नबढ्ने उल्लेख गरे। उनले पार्टीले विगतमा अनेकौँ चुनौती र आक्रमण झेले पनि निरन्तर महान् उद्देश्यतर्फ अघि बढिरहेको र फेरि पनि उठ्ने विश्वास व्यक्त गरे।
पार्टी अहिले गम्भीर धक्का र चुनौती सामना गरिरहेको स्वीकार गर्दै उनले नेता–कार्यकर्तालाई विचलित नभई सशक्त रूपमा अघि बढ्न आह्वान गरे।
प्रकाशित मिति : २०८३ असार २० गते शनिवार

