काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनाका महान स्टार लियोनेल मेस्सी र स्पेनका युवा सनसनी लामिन यामाल पहिलो पटक व्यावसायिक करिअरमा आमनेसामने हुने भएका छन्।
यो खेललाई भावुक बनाउने कारण भनेको करिब २० वर्षअघि मेस्सीले पाँच महिनाका शिशु यामाललाई युनिसेफको च्यारिटी फोटोसुटमा काखमा बोकेको तस्बिर अहिले फेरि भाइरल बनेको हो। त्यही शिशु आज विश्व फुटबलकै सबैभन्दा ठूलो मञ्चमा मेस्सीको प्रतिद्वन्द्वी बनेको छ।
एकातिर अन्तिम विश्वकप उपाधिको सपना बोकेका मेस्सी, अर्कोतर्फ नयाँ पुस्ताका सुपरस्टार यामालबीचको महामुकाबलाले फुटबल इतिहासमा नयाँ अध्याय लेख्ने अपेक्षा गरिएको छ।
अब सबैको नजर एउटै प्रश्नमा केन्द्रित छ— विश्वकपको सबैभन्दा ठूलो उपाधि कसले उचाल्नेरु मेस्सी कि यामाल ?
प्रकाशित मिति : २०८३ असार ३२ गते बिहिवार

