२०८३ साउन १९ गते मङ्गलवार | 2026 August 4th Tuesday

चाँदी, खाने तेल, चप्पलका उद्योगी मुन्दडाको घर–अफिसमा बिहानै प्रहरी छापा

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहको घर र कार्यालयमा सोमबार बिहान प्रहरीले छापा मारेको छ। समूहको नेतृत्व उद्योगी प्रकाश मुन्दडाले गरिरहेका छन्। अवैध कारोबार र कर छलीको आशंकामा बिहान करिब ४ बजेदेखि घर र अफिस घेराउ गरी खानतलासी गरिएको हो। देवनरा समूहले मुख्यतः चाँदीको व्यापार, साथै बाबा आयल र हाइलाइफ चप्पल उद्योग सञ्चालन गर्दै आएको छ।

मुन्दडा हाल नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्षसमेत हुन्। प्रहरीको छापाले विराटनगरको व्यापारिक क्षेत्रलाई चकित बनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस