२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

केपी ओलीको अपमानले बैठकमै बेहोस भएका थपलिया वीर अस्पतालको बेडमा

काठमाडौं – नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मंगलबार थप उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन्। सोमबार साँझ भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आयोजित बैठकका क्रममा उनी अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए।
घटनापछि ठिमी अस्पतालमा प्रारम्भिक उपचार गरिएका थपलियालाई मंगलबार स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको हो। अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उनलाई शल्यचिकित्सा भवनको तेस्रो तल्लो क्याबिनमा राखिएको छ।
हाल थपलियाको रक्तचाप, अक्सिजन मात्रा र अन्य जीवनरक्षक सूचकहरू सामान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ। उनलाई सलाइन चढाएर चिकित्सकहरूको निरन्तर निगरानीमा राखिएको छ। थपलिया टाइप–२ मधुमेहका बिरामी भएकाले चिकित्सकहरूले विशेष ध्यान दिइरहेका छन्।

प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस