२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

बालेन सरकारले १२ वर्षदेखि बन्द गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने

काठमाडौं – १२ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सरकारले अध्ययन सुरु गरेको छ। सांसद कविन्द्र बुर्लाकोटी नेतृत्वमा अर्थ, उद्योग र कानुन मन्त्रालयका प्रतिनिधिसहितको टोलीले गोरखा नगरपालिका–१३ मा रहेको उद्योगको विश्लेषकीय भ्रमण गरेको हो।
टोलीले कानुनी तथा आर्थिक सम्भावनाबारे छलफल गर्ने तयारी गरेको छ। २०४१ मा चीन सरकारको सहयोगमा स्थापना भएको उद्योगले २०५० सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले वार्षिक ८८ हजार टायर उत्पादन गर्ने क्षमता राख्थ्यो।
उद्योगले ट्रक, जीप, भ्यान र कारका लागि टायर उत्पादन गर्दै भारत, बङ्गलादेश र श्रीलङ्कामा निर्यातसमेत गरेको थियो। तर २०७१ चैतदेखि पूर्ण रूपमा बन्द भएपछि संरचना र मेसिनरी प्रयोगविहीन बनेका छन्। अब सरकारले आर्थिक प्रस्तावनासहित पुनः सञ्चालनको तयारी अघि बढाएको छ।

 

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस