काभ्रे । काभ्रे जिल्लाबाट बाहिरिएको एक भिडियोले फेरि नेपाली मिडिया र वैयक्तिक गोपनियताको बहस चर्को पर्न गएको छ । उक्त जिल्लाको एक नगरपालिका स्थित पोष्टका हाकिम प्रहरी इन्चार्जलाई स्थानीयहरुले मध्यरातमा गेस्ट हाउसबाट महिला सहित प`क्राउ गरे । उनलाई नि`यन्त्रणमा लिन अर्को प्रहरी टोलीपनि बोलाइएको थियो ।
उक्त भिडियोमा सुनिएका आवाज अनुसार एक स्थानीयलाई प्रहरी इन्चार्जले अनाहकमा प`क्राउ गरेर या`तना दिएको, मुद्दा चलाउने द`वाव दिएर पी`डा दिएको र त्यही प्रतिशोध साँध्न स्थानीय होटल व्यवसायीसँग मिलेर उनको निगरानी गरिरहेको खुलेको छ । होटलवालाहरुले दिएको सूचनाकै आधारमा प्रहरी इन्चार्जलाईलाई मध्यरातको समयमा एक गेस्ट हाउसबाट महिला सहित रहेको अवस्थामा भेटिएपछि प्रहरी टोलीले समेतले नि`यन्त्रणमा लिएको भिडियो सम्पादन नै नगरी परिचय हुलियाँ खुल्नेगरी सञ्चार माध्यमका पेजमा हालिएको छ ।
यो भिडियो आएपछि मिडियाले न्यूनतम मुल्य मान्यतापनि फलो नगरी वैयक्तिक स्वतन्त्रतामाथी प्र`हार गरेको भनेका छन् । केहीले चै यस्ता प्रहरीहरुले मिडियासहित लिएर स्टण्डबाज गर्न होटलमा छापा मा`रेर कयौ युवा युवतीको चरित्र सि`ध्याएको भएकाले उनीहरुकोपनि देखाउनु उचित भएको भनिरहेका छन् । तर हामीले चै उक्त तस्वीरलाई नचिनिने बनाएका छौं । प्रहरी अधिकारीको नाम, स्थान र पद समेत नखुलाएर वैयक्तिक गोपनियता सुरक्षित गर्दै सो विषय उठाएकापनि छौं ।
प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार

