२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

सरकारी उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन गर्ने, ओलीले खारेज गरेको अनुमति बालेनले गरे नवीकरण

काठमाडौं – लामो समयदेखि बन्द उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन गर्न सरकारले तयारी थालेको छ। मन्त्रिपरिषद्को बैठकले उद्योगको चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण गर्दै खानी तथा भूगर्भ विभागलाई स्वीकृति दिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०८१ असोजमा रद्द गरिएको अनुमति वर्तमान बालेन शाह नेतृत्वको सरकारले पुनः जारी गरेको हो। साथै, उद्योगले तिर्नुपर्ने करिब ७५ लाख रुपैयाँ बक्यौता रकम अर्थ मन्त्रालयमार्फत चुक्ता गर्ने निर्णय पनि भएको छ।

सरकारले अब महाप्रबन्धक नियुक्त गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरेको छ। दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता भएको यो उद्योग जापान सरकारको सहयोगमा २०४४ सालमा निर्मित हो। एक समय नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग बनेको उदयपुर सिमेन्ट उद्योग फेरि सक्रिय बनाउन सरकार अघि बढेको छ। यो उद्योग बन्द गरेर भारतमा उत्पादित सिमेण्ड छ्याप्छ्याप्ती भित्राउन थालिएको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस