बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज २ हजार ७ सय रुपैयाँले घटेको हो। त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ४ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ। यस आधारमा चाँदी प्रतितोला १६० रुपैयाँले घटेको हो।
प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार

