२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

रास्वापको आकस्मिक बैठकमा सबै मन्त्री र सांसदको उपस्थिति, बालेन शाह आएनन्

काठमाडौं । रास्वपाको संसदीय दलको बैठक बसिरहेको छ। सभापति रवि लामिछानेले बोलाएको बैठक अहिले जारी छ। सदनमा आफ्नो सांसदको गतिविधिलाई लिएर सभापति लामिछानेले बैठक राखेका हुन्।

बैठकमा मन्त्रीहरूको अनिवार्य उपस्थितिको निर्देशन भएकाले सबै सहभागी भएका छन्। यद्यपि, संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री बालेन शाह भने बैठकमा सहभागी छैनन्। बैठकमा पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका, सरकारको काम लगायतबारे छलफल हुनेछन्।

 

 

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस