२०८३ भाद्र ५ गते शुक्रवार | 2026 August 21st Friday

आज तोलामै ह्वात्तै बढ्यो सुनको मूल्य

gold price

५ भदौ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १५ हजार १ सय रुपैयाँ बढेको छ ।

गत शुक्रबार सुनको भाउ ३ लाख १ हजार ६ सय रुपैयाँ थियो । चाँदी तोलामा १३० रुपैयाँ बढेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ९८५ रुपैयाँ कायम गरेको छ ।

 

 

प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस