२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

दुर्गा प्रसाईं–सरकारबीच १४ बुँदे सहमति !

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान र नेपाल सरकारबीच १४ बुँदे सहमति भएको छ। ललितपुर पुल्चोकमा धर्ना बसेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच गहन छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार महाभियानले आजैदेखि सबै धर्ना तथा आन्दोलन कार्यक्रम अन्त्य गर्ने निर्णय गरेको छ।

सरकारतर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानतर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : २०८३ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस