२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

दुर्गा प्रसाईंको चेतावनी : नेपालले मनाङ–मुस्ताङ गुमाउन सक्छ !

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालका हिमाली जिल्ला मनाङ र मुस्ताङ गुम्न सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाललाई तिब्बत मामिलामा प्रयोग गर्ने वा शक्ति राष्ट्रहरूको प्रोक्सी द्वन्द्वको मैदान बनाउन खोजिएको स्वीकार्य नहुने बताए।

प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणलाई बाह्य शक्तिहरूले रणनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजेको आरोप लगाए। उनले यसले हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय प्रभाव विस्तार हुने खतरा रहेको दाबी गर्दै सरकारलाई यस्ता गतिविधि रोक्न आग्रह गरे।

उनले उत्तरी सीमा र भू–राजनीतिक संवेदनशीलताको चर्चा गर्दै ऐतिहासिक बेत्रावती सन्धि, थापाथली सन्धि, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पारवहन प्रोटोकल सम्झौता, २० किलोमिटर निशस्त्रीकरण अवधारणा लगायतका विषय उल्लेख गरे। प्रसाईंले पछिल्लो समय ‘प्याक्स सिलिका’, महत्वपूर्ण खनिज र मुस्ताङमा युरेनियम उत्खननसँग जोडिएका अन्तर्राष्ट्रिय चासो बढेको दाबीसमेत गरेका छन्।

प्रकाशित मिति : २०८३ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस