२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

तिब्बतबाट आएको बाढी अपडेट: बीओपी रसुवा टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौं ।  बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका छन् ।

उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताए । तिब्बतबाट रसुवामा एक्कासि आएको बाढीले अहिले ठूलो क्षति भएको छ । उद्धारका लागि सुरक्षाकर्मी खटिए पनि यकिन विवरणहरू पाउन बाँकी छन् । धेरै तलसम्म यसले असर गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस