२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

बाढी वितण्ड प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि आवश्यक कदल चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाएका हुन् । राष्ट्रिय विपद् प्राधिकरणको पदाधिकारीहरूसहित सुरक्षा निकायहरू समेतको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीले अहिले उद्धार र तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तिब्बतबाट रसुवामा एक्कासि आएको बाढीले अहिले ठूलो क्षति भएको छ ।

 

 

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस