काठमाडौं । रसुवा भोटेकोशीको बाढीले फसेकाहरूले उद्धारका लागि सरकार र प्रशासनलाई गुहार्ने क्रम बढेको छ । टिमुरे र स्याफ्रुबेँसीबाट करिब १ हजार जनाको उद्धारको याचना गर्दै लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरढ तथा व्यवस्थापन प्राधिकरणमा फोन गरेका छन् ।
उनीहरूले कोही रूखमा त कोही डाँडामा बसेको भन्दै उद्धारको पर्खाइमा रहेको बताएको प्राधिकरणका अधिकारीले बताए । प्रभू बैंकको टिमुरे र स्याफ्रुबेँसी शाखाका १० जना कर्मचारीमध्ये ३ जना र नबिल बैंकका १ जना कर्मचारी बेपत्ता भएको भन्दै खोजी गरिदिन आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार

